होन्डाले पाँच खर्ब लगानीमा दुई पाङ्ग्रे विद्युतीय साधान उत्पादन गर्ने-Sutra News

होन्डाले पाँच खर्ब लगानीमा दुई पाङ्ग्रे विद्युतीय साधान उत्पादन गर्ने

बिहिबार, १४ मंसिर २०८०

बिहिबार, १४ मंसिर २०८०
काठमाडौं । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ ।
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लञ्च गर्ने र विद्युतीय मोटरसाइकलको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको जानकारी दिएको छ ।
‘आफ्ना मोटरसाइकलको विद्युतीकरणका लागि होन्डाले सन् २०२१ देखि सन् २०२५ सम्मको अवधिमा एक सय अर्ब येन लगानी गरिरहेको छ, सन् २०२६ देखि सन् २०३० सम्मको पाँच वर्षको अवधिमा थप चार सय अर्ब येन लगानी गर्नेछ,’ होन्डाले बुधबार एक विज्ञप्तिमा भनेको छ ।
कम्पनीले ०३० का लागि उसको विश्वव्यापी वार्षिक बिक्री लक्ष्यलाई पनि बढाएर ४० लाख एकाइ बनाएको छ । यो अघिल्लो वर्षको घोषित ३५ लाख एकाइभन्दा बढी हो ।
प्रारम्भमा आन्तरिक प्रज्वलनशील इञ्जिन मोडेलका लागि आफ्नो विद्यमान पूर्वाधार संरचनाको उपयोग गर्ने तर सन् २०२७ देखि समर्पित विद्युतीय मोटरसाइकल उत्पादन संयन्त्र सुरु गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले अनलाइन बिक्रीको प्रस्ताव गरेर ग्राहकहरूको सुविधामा पनि सुधार गर्नेछ, यसबाट ग्राहकहरूले व्यक्तिगत रूपमा डिलर कहाँ नगई मोटरसाइकल खरिद गर्न सक्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट