वृष र मीन राशीलाई लाभ, तपाईको दिन कस्तो ?-Sutra News

वृष र मीन राशीलाई लाभ, तपाईको दिन कस्तो ?

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

आज मिति २०८० साल मंसिर १५ गते शुक्रबार । तदनुसार डिसेम्बर १ तारिख २०२३ मार्ग कृष्ण पक्ष चतुर्थी तिथी । आज बिहान ६ बजेर ३६ मिनेट जाँदा काठमाण्डौं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ । आज विश्व एड्स दिवस ।



मेष

बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम सम्पादन हुनेछन्।

वृष

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

मिथुन

दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिल्लो समयका लागि केही वस्तु त्याग्नुपर्ला।

कर्कट

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ। आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ।

सिंह

साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कन्या

समाजमा तारिफ योग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ।

तुला

काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ। थन्किएका वस्तुको उपयोग हुनेछ। समाजसेवा र सत्कार्यमा केही खर्च गर्नुपर्ने हुन सक्छ।

वृश्चिक

सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग
छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। परिस्थिति अनुकूल रहे पनि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

धनु

परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा अघि नसर्नुहोला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

मकर

व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

कुम्भ

भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मीन

व्यवसायमा मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट