सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अर्याल-Sutra News

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अर्याल

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।



तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर प्रारम्भ गरेका नवनियुक्त स्वतन्त्र संचालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ ।

त्रिभुवन विश्व विद्यालयवाट एमविए हासिल गरेका अर्यालले स्वदेश तथा विदेशमा गरी दर्जनौं बैंकिङ सम्बन्धी विशेष प्रशिक्षण लिएको साथै लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ ।

यस अघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए ।

रमेशराज अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ जग थप मजवुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट