लगातारको बृद्धिपछि घट्यो सुनको भाउ-Sutra News

लगातारको बृद्धिपछि घट्यो सुनको भाउ

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं । लगातार बढिरहेको सुनको भाउ शुक्रबार भने घटेको छ । बिहीबार तुलनामा तोलामा तीन सय रुपैयाँले भाउ सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



गत सोमबारदेखि बढेको सुनको भाउले बुधबार बजारमा नयाँ रेकर्ड बनाएको थियो । नेपाली बजारमा बुधबार र बिहीबार सुनको भाउ एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।

बुधबार र बिहीबार एउटै दरमा रहेको सुनको भाउ शुक्रबार भने तीन सय रुपैयाँले सस्तिएको हो ।

सुनको भाउ बढेको बजारमा चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारसम्म आउँदा चाँदी प्रतितोला एक हजार पाँच सय ४० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार बिहीबारको तुलनामा मात्रै शुक्रबार चाँदीको भाउ २० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट