काठमाडाैं । गएको कात्तिक १६ गते पूर्व एआईजी रणबहादुर चन्द र स्वघोषित अभियन्ता तारा बरालबीच विवाह गर्ने लिखित सम्झौता भएकाे सम्झौतापत्र बाहिरियाे । सार्वजनिक पत्रअनुसार डिभोर्सी चन्द र एकल महिलाको रूपमा रहेकी बरालले कानुनी विवाह गर्ने सहमतिमा हस्ताक्षर गरेका थिए ।
काठमाडौंको सिनामंगलस्थित एक होटलमा कानुन व्यवसायी समेतको उपस्थितिमा भएको उक्त सहमति पत्रलाई एआईजी चन्दले भने लगत्तै अस्विकार गरे। उनले उक्त सम्झाैता ‘झुट’ भएकाे समेत बताए । बिहीबार रिपोर्टस क्लब, नेपालमा पत्रकार सम्मेलन नै गरेर चन्दले आफू ‘हनि ट्र्यापिङ’को शिकार बनेको दाबी गरेका थिए ।
‘तपाईंको रेकर्ड सार्वजनिक गर्छु’ भन्दै बरालले ब्याल्कमेलिङको आडमा उक्त लिखित सम्झौता गराइएको एआईजी चन्दकाे भनाइ छ । उनले आफूँ अन्यायमा परेकाे भन्दै प्रहरीमा गुहार्ने पनि बताएका छन् ।
चन्दको पत्रकार सम्मेलन सकिए लगत्तै आफ्नो मानहानी भएको दाबी गर्दै स्वघोषित अभियान्ता बराल भने राष्ट्रिय मानवअधिकार आयोग र महिला आयोगमा दौडधुप सुरु गरेकी छिन् ।
चन्द र बरालकाे विषय मथ्थर नहुँदै एमाले नेता ऐन महरकाे चर्चा सामाजिक सञ्जालमा चुलिएकाे छ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचनसमेत लडेका महरको एउटा अडियाे काण्ड भाइरल बनेसँगै चर्चा चुलिएकाे हाे ।
चर्चामा आएकाे विषयअनुसार महरले विवाहित स्त्रीसँग शारीरिक सम्पर्क राखेको र ती स्त्री गर्भवती बनिसकेपछि गर्भपतको औषधिसमेत नकिनिदिएर टाढिन थालेपछि ती महिलाले नै महरसँग भएको कुराकानीको अडियो सार्वजनिक गरेको देखिन्छ । यो प्रकरण सार्वजनिक भएपछि फोन अफ गरेर बसेका महरसँग प्रतिक्रिया लिन खोज्ने हाम्रो प्रयास भने सफल हुन सकेन ।
तर, यो प्रकरण सार्वजनिक भएपछि उक्त अडियोलाई समेत जोडेर सामाजिक सञ्जाल प्रयोगकर्ताले नेता महरलाई त्यो विषयमा प्रष्टिकरण दिन उनकै फेसबुक पेजमा कमेन्ट गरेर माग गरिरहेका छन् ।
विवाहित महिलासँग शारीरिक सम्पर्कमा रहेका महरसँगै अर्का व्यक्ति पनि ती महिलासँग जोडिएपछि महरले ती महिलासँग दुरी बढाएको सार्वजनिक भएको अडियो सुन्दा प्रष्ट हुन्छ । महरसँगकै अवैध सम्बन्ध सार्वजनिक भएपछि डिभोर्सको नजिक पुगेकी ती महिलालाई डिभोर्स नगर्न सुझाव दिँदै आफूले के सहयोग गर्नुपर्ने हो त्यो गर्न तयार रहेको भन्दै ती महिलालाई कन्मिन्स गर्ने महरको प्रयास सफल नभएपछि यो अडियो सार्वजनिक बताइन्छ ।