अस्ट्रेलियाविरुद्ध उपाधि जित्दै भारतले बनायो कीर्तिमान-Sutra News

अस्ट्रेलियाविरुद्ध उपाधि जित्दै भारतले बनायो कीर्तिमान

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । चौथो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गर्दै विश्व कीर्तिमान बनाएको छ । अस्ट्रेलियालाई पराजित गरेपछि भारतले टी–२० सिरिजमा ३–१ को अग्रता बनाएको हो ।



योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान बनाएको छ ।

शुक्रबारको खेलमा भारतीय टोलीले प्रस्तुत गरेको १७५ रनको लक्ष्यको जवाफमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो ।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ३६ रनको योगदान दिए भने ट्राभिस हेडले ३१ तथा म्याथ्यु सर्टले २२ रन बनाए । प्लेयर अफ द म्याच घोषित अक्षर पटेलले ३ तथा दीपक चाहरले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

टिमका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा उक्त रन बनाए ।

रिंकुका अलावा ओपनर यशस्वी जैसवालले ३७, जितेश शर्माले ३५ र ऋतुराज गायकवाडले ३२ रन बनाए ।

बेन द्वारसले ३ विकेट लिए भने जेसन बेहरेनडर्फ र तनवीर संघाले २र२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट