अस्थायी आवास निर्माण गर्न थप २४ करोड निकासा, कुन ठाउँमा कति ?-Sutra News

अस्थायी आवास निर्माण गर्न थप २४ करोड निकासा, कुन ठाउँमा कति ?

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको झण्डै चौबिस करोड निकासा गरिएको छ ।



बिहीबारसम्म २२ करोड नौ लाख रकम निकासा गरिएकोमा थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।

शुक्रबारसम्म लाभग्राही प्रमाणित भएका २८ हजार ५२७ मध्ये १८ हजार ३२८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए । उनका अनुसार निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागिसमेत छ ।

उनका अनुसार जाजरकोटका नौ हजार ११६ मध्ये तीन हजार ३०९ जना लाभग्राहीलाई आठ करोड २७ लाख २५ हजार पहिलो किस्ताबापतको रकम पठाइएको छ ।

यस्तै बाजुराका एक हजार ३९६ मध्ये २१४ परिवारलाई ५४ लाख ५० हजार, रुकुम पश्चिमका १४ हजार २२४ लाभग्राहीका लागि ३५ करोड ५६ लाख, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये ५७७ परिवारका लागि एक करोड ४४ लाख २५ हजार रकम निकासा भएको छ ।

अझै सल्यानका एक हजार ४८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट