युक्रेनले सय किलोमिटरको वायु रक्षा प्रणाली उत्पादन गर्ने-Sutra News

युक्रेनले सय किलोमिटरको वायु रक्षा प्रणाली उत्पादन गर्ने

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०
FILES-UKRAINE-RUSSIA-CONFLICT-US-ARMS-PATRIOT

काठमाडौं । युक्रेनले सय किलोमिटरको दुरीमा हवाई खतरालाई रोक्न सक्ने वायु रक्षा प्रणाली उत्पादन गर्ने योजना बनाएको सरकारी सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ ।



युक्रेनका उप–रक्षामन्त्री इभान ह्याभ्रिल्युकले अर्को वर्ष युक्रेनले पोर्टेबल एन्टी–एयरक्राफ्ट मिसाइल प्रणालीसहित सय किलोमिटरभन्दा बढीको दूरीको कोरल प्रकारको वायु रक्षा प्रणाली उत्पादनमा ध्यान दिने बताएका हुन् ।

सन् २०२४ मा युक्रेनले रूससँगको जारी द्वन्द्वका बीच मिसाइल र गोला बारुदको खरिदका लागि कूल १७५ बिलियन रिभनिया (लगभग ४.८ बिलियन अमेरिकी डलर) छुट्याउने– हाभ्रिलिकले बताउँछन् ।

लुच डिजाइन ब्युरोद्वारा विकसित, कोरल हवाई जहाज, हेलिकप्टर, क्रुज मिसाइल, ब्यालेस्टिक मिसाइल र मानवरहित हवाई सवारीलाई नष्ट गर्न सक्षम एक विमान विरोधी मिसाइल हो । कोरल मिसाइलको प्रोटोटाइप पहिलो पटक २०२१ मा सार्वजनिक गरिएको थियो ।

हाल, युक्रेन आफ्नो आकाशलाई मिसाइल र ड्रोनबाट जोगाउन विदेशी वायु रक्षा प्रणालीमा निर्भर छ । त्यसले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुन सक्ने युक्रेनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट