काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको यो साता तोलामा २७ सय रुपैयाँले वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता गत साताको तुलनामा २७ सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । योसँगै यो साता छापावाल सुनको मूल्य तोलामा एक लाख १९ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १८ हजार ४५० रुपैयाँ कायम भएको थियो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख १५ हजार ७५० रुपैयाँ कामय भएको थियो ।
यस्तै, महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार १४ सय ५० रुपैयाँ कारोबार भएको चाँदी यो साता १५ सय ४० रुपैयाँसम्म पुगेको थियो ।