काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । मंसिर १३ गते एक लाख १९ हजार ३०० पुगेर घटेको सुनको मूल्य आइतबार नयाँ रेकर्ड बन्ने गरी बढेको हो ।
आइतबार छापावाला सुनको मूल्य तोलामा एक लाख २० हजार ८०० रुपैयाँमा कायम भएको छ । शुक्रबार एक लाख १९ हजार रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै, महासंघका अनुसार आइतबार चाँदीको मूल्य एक हजार ५४५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला एक हजार ५४० रुपैयाँ तोकिएको थियो ।