खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते-Sutra News

खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीले आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् ।



सशस्त्र अपराधीहरूको समूहले खानीका सुरक्षा गार्डहरूमाथि आक्रमण गरी चार जनालाई बन्धक बनाएको पनि गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय समयअनुसार बिहान १ बजे सो आक्रमण भएको हो । घटनाको अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट