पदयात्रामा हराएका १८० जना विद्यार्थीको उद्धार-Sutra News

पदयात्रामा हराएका १८० जना विद्यार्थीको उद्धार

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०
school

काठमाडौं । श्रीलङ्काको सेना र प्रहरीले पदयात्राका क्रममा हान्थाना पहाडमा फसेका विश्वविद्यालयका करिब १८० जना विद्यार्थीको उद्धार गरेको छ ।



क्याण्डी हेडक्वार्टर पुलिस स्टेशनका प्रवक्ताले बताएअनुसार ती अलपत्र परेका विद्यार्थीहरू पश्चिमी प्रान्तको रागामास्थित केलानिया विश्वविद्यालयको मेडिसिन संकायमा अध्ययनरत छन् ।

विद्यार्थीहरू शनिबार बिहान हाईकिङमा निस्किएका थिए । तर, बाक्लो कुहिरो र वर्षाका कारण फर्कने क्रममा बाटोमै हराएको प्रवक्ताले बताएका छन् ।

हान्थाना, श्रीलङ्काको मध्य हाइल्याण्ड्समा अवस्थित विश्वविद्यालयका विद्यार्थीका लागि लोकप्रिय पदयात्रा गन्तव्य हो । यस क्षेत्रमा अचानक मौसम परिवर्तनका कारण प्रत्येक वर्ष केही विद्यार्थीहरू यसै गरी हराउने गरेका समाचार सार्वजनिक हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट