शेयर बजारको पहिरो कायमै, कारोबार रकम खुम्चियो-Sutra News

शेयर बजारको पहिरो कायमै, कारोबार रकम खुम्चियो

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारको परिसूचक नेप्से ७.२९ अंक गिरावट आएको छ । आइतबारको कारोबारपछि नेप्से १८५१ विन्दुमा झरेको छ ।



आज कूल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुँदा ९४ कम्पनीको मूल्य बढ्यो भने १३६ को घट्यो ।

जसमा माइक्रोफाइनान्स समूह २ अंक बढ्यो । बाँकी सबै समूहहरु घटेका छन् ।आज थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ र युनाइटेड इदी मर्दी अगाडि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट