मिथुन र धनु राशीलाई उत्साह, तपाईंको दिन कस्तो ?-Sutra News

मिथुन र धनु राशीलाई उत्साह, तपाईंको दिन कस्तो ?

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

आज मिति २०८० साल मंसिर १८ गते सोमबार । तदनुसार डिसेम्बर महिनाको ४ तारिख २०२३ । आज मार्ग कृष्ण पक्ष सप्तमी तिथि । आज बिहान ६ बजेर ३८ मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ ।



मेष

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

वृष

फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ।

मिथुन

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

कर्कट

रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ।

सिंह

समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। अध्यात्मभाव जागृत हुनाले धर्मकर्ममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले कार्य सम्पादनमा केही विलम्ब हुन सक्छ।

कन्या

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्नेछन्। धेरै श्रम परे पनि लाभांश थोरै मिल्नेछ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ।

तुला

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ। निम्तो मान्ने क्रममा आतिथ्य भने खर्चिलो बन्ने देखिन्छ।

वृश्चिक

परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

धनु

व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मकर

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। मिहिनेतको प्रतिफल हातपार्न समयमै सावधानी अपनाउनुपर्ला।

कुम्भ

व्यवसायमा मनग्गे धनलाभ हुनेछ भने लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।

मीन

नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट