भारतले अस्ट्रेलियासँग लियो विश्वकपमा हराएको बदला-Sutra News

भारतले अस्ट्रेलियासँग लियो विश्वकपमा हराएको बदला

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । पाँचौं टी २० आई खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गर्दै उपाधि रक्षा गरेको छ । बेंगलुरुमा भएको खेलमा अस्ट्रेलियाले अन्तिम ६ बलमा १० रन बनाउन नसक्दा पराजित भएको हो ।



अस्ट्रेलियाले अन्तिम ओभरमा ३ रन मात्र बनाउन सक्यो । पाँचौँ टी २० मा जितसँगै भारतले सिरिज ४–१ ले जितेको छ ।

चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाएको हो । अस्ट्रेलियाका लागि बेन म्याक डरमोटले सर्वाधिक ५४ रन बनाए ।

भारतका लागि मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विस्नोईले २–२ विकेट लिए ।

यसअघि श्रेयर ऐयरको अर्धशतकको मद्दतले भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट