हिमालयन डिस्टीलरीकाे लाभांश घाेषणा : बोनस र नगद कति ?-Sutra News

हिमालयन डिस्टीलरीकाे लाभांश घाेषणा : बोनस र नगद कति ?

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडाैं । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।



कम्पनीले सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर र १५ प्रतिशत(लाभांश करसहित) नगद लाभांश वितरणको निर्णय गरेको छ।

कम्पनीले घोषणा गरेको यसपटककाे लाभांश अघिल्ला वर्षहरुको तुलनामा निकै कम हो । प्रत्येक वर्ष सत् प्रतिशत वा सोही हाराहारीमा लाभांश वितरण गर्दै आएको कम्पनीले यो वर्ष भने लगानीकर्तालाई केही निराश बनाएको छ ।

लाभांश घोषणासँगै कम्पनीले आफ्नो २३ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। आगामी पुस २५ गते बुधबारका दिन बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडानम्बर २१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा एजीएम आह्वान गरिएको हो ।

साधारणसभा प्रयोजनका लागि पुस १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित गर्न चाहनेले पुस १२ गतेसम्म सेयर किनेर सेयरधनी भइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट