पुनः सत्ता यात्रामा लम्किँदै प्रधानमन्त्री नरेन्द्र मोदी-Sutra News

पुनः सत्ता यात्रामा लम्किँदै प्रधानमन्त्री नरेन्द्र मोदी

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । भारतको चार राज्यमा भएको विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएको छ । तेलंगाना, मध्य प्रदेश, राजस्थान र छत्तीसगढको निर्वाचन नतिजा सार्वजनिक भएको हो ।



निर्वाचन नतिजामध्ये सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले तीन प्रदेशमा बहुमत सिटमा जित हात पारेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले एक स्थानमा जितेको छ ।

तेलंगानामा भाजपा जम्मा ८ सिटमा सिमित हुँदा कांग्रेसले ६४ सिट जितेको छ । यस प्रदेशमा प्रमुख प्रतिपक्षी दलमा ३९ सिट जित्दै बीआरएस आएको छ । भाजपाले ८ सिट र असदुद्दीन ओवैसीको एआईएमआईएमले ७ सिटमा जित हात पारेको छ । यस प्रदेशमा बहुमत पुर्‍याउन ६० सिट आवश्यक पर्दछ ।

मध्य प्रदेशमा भाजपाले पुनः आफ्नो नेतृत्वको सरकार बनाउने भएको छ । यहाँ भाजपाले १६३ सिट जितेको हो । दोस्रो भएको दल कांग्रेसले जम्मा ६६ सिटमा मात्रै जित हात पारेको छ । यहाँ अन्य दलले एक सिट मात्रै जितेको छ ।

राजस्थानमा पनि भाजपाले कांग्रेसलाई भारी सिट अन्तरले पराजित गरेको छ । भाजपाले कूल ११५ सिट जित्दा कांग्रेसले जम्मा ६९ सिटमा जित हात पारेको छ । यहाँ बहुमतका लागि सय सिटमा जित आवश्यक रहेको छ ।

यस्तै, छत्तीसगढमा सत्तारुढ दल कांग्रेसले जम्मा ३५ सिट जित्दा भाजपाले ५४ सिट जितेको छ ।

यो निर्वाचनसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा आउने देखिएको छ । यी तीन प्रदेशमा भाजपा भारी मतले विजयी हुँदै गर्दा मोदीको सत्ता यात्रा दोहोरिने पक्का भएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट