काठमाडौं । नेपालमा भारतमा उत्पादित गोलभेँडाको मूल्य २० रुपैयाँले महंगो रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार नेपालमा उत्पादित ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ८० हुँदा भारतबाट ल्याउँदा सय रुपैयाँ कायम भएको हो ।
यस्तै, सानो लोक गोलभेँडाको मूल्य १५ रुपैयाँ कायम भएको छ । यसैगरी, टनेलमा उत्पादन गरिएको गोलभेँडोको अधिकतम मूल्य ३० हुँदा तराईमा उत्पादित गोलभेँडाको मूल्य २५ रुपैयाँ कामय भएको छ ।