काठमाडौं । मंगला गौरी बचत तथा ऋण सहकारी संस्था लि. नयाँ बानेश्वर, काठमाडौंको अध्यक्षमा पुनः सुरेश कुमार रेग्मी चयन भएका छन् । हालै सम्पन्न संस्थाको चौधौं वार्षिक साधारण सभाले संस्थाको अध्यक्षमा रेग्मीलाई चयन गरेको हो ।
यसैगरी, वार्षिक साधारण सभाले अध्यक्षको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन २०८० पारित गरेको छ । साधारण सभाले लेखा समिति तथा लेखा परिक्षण प्रतिवेदन, आ.व. २०८०/०८१ को लेखा परिक्षण नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध पारित गर्दै लाभांश तथा कर्मचारी बोनस सम्बन्ध समेत पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ६४ लाख ७ हजार ३ सय रुपैयाँको भएको छ भने कोष हिसाव ७० लाख ८५ हजार ६ सय ७६ रुपैयाँको भएको छ । त्यसैगरि चालु आ.व. मा संस्थाको निक्षेप २३ करोड ४६ लाख ९१ हजार ८ सय ६९ रुपैयाँको भएको छ ।
अन्य विविध कारोवार गरि संस्थाको कूल पूँजी तथा दायित्व २५ करोड ९७ लाख ४६ हजार ३ सय ६२ रुपैयाँको हुन आएको छ ।