सहलहः बचतले बाँड्यो १० प्रतिशत लाभांश-Sutra News

सहलहः बचतले बाँड्यो १० प्रतिशत लाभांश

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । सहलहः बचत तथा ऋण सहकारी संस्था लि. गल्कोपाखा, काठमाडौंको पन्ध्रौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।



सल्लाघारी, भक्तपुरमा सम्पन्न सो साधारण सभाले आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन तथा आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रम समेत पारित गरेको छ ।

२०८०÷०८१ को लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गर्दै १० प्रतिशत लाभांश वितरण गरिने सम्बन्ध समेत साधारण सभामा पारित भएको छ ।

साधारण सभामा प्रस्तुत गरिएको हिसाव अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँको भएको छ भने जगेडा तथा अन्य कोष १ करोड ९४ लाख ८ हजार ६ सय ९० रुपैयाँ २९ पैसाको हुन आएको छ ।

त्यसैगरि, संस्थाको निक्षेप हिसाव १६ करोड ५५ लाख २८ हजार ५ सय ८२ रुपैयाँ ५ पैसाको भएको सो सहकारीको विविध कारोवार गरि चालु आ.व.मा कूल कारोवार २१ करोड ४० लाख ७० हजार १ सय ४३ रुपैयाँ ६३ पैसाको भएको छ ।

संस्थाका अध्यक्ष शान्तराज महर्जनको सभापतित्वमा अन्य विविध कार्यक्रम गरि साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट