भारतमा वायुसेनाकाे विमान दुर्घटना-Sutra News

भारतमा वायुसेनाकाे विमान दुर्घटना

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान सोमबार बिहान तेलंगानामा दुर्घटनाग्रस्त भएको छ । घटनामा दुई पाइलटको मृत्यु भएको छ । मेडकको बाहिरी भागमा पर्ने परिधि रावेलीमा विमान दुर्घटना भएको हो ।



भारतीय वायुसेनाका अनुसार विमानमा दुई जना पाइलट थिए । जसमा एक प्रशिक्षक थिए । विमानमा नयाँ क्याडेटलाई विमान उडाउन सिकाउँदै थिए ।

विमान सोमबार बिहान डिन्डिगुलस्थित वायुसेना एकेडेमीबाट उडेको थियो भने बिहान ८ः५५ मा दुर्घटनाग्रस्त भएको थियो । स्थानीयका अनुसार विमान केही मिनेटमै जलेर खरानी भएको थियो ।

पछिल्लो ८ महिनामा वायुसेनाको यो तेस्रो विमान दुर्घटना हो । यसअघि जुनमा ट्रेनी विमान किरण दुर्घटना भएको थियो । मे महिनामा मिग–२१ विमान दुर्घटना हुँदा तीन जना पाइलटको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट