आज पनि घट्यो शेयर बजार-Sutra News

आज पनि घट्यो शेयर बजार

सोमबार, १८ मंसिर २०८०

सोमबार, १८ मंसिर २०८०

काठमाडौं । शेयर बजार परिसूचक नेप्से झिनो अंकले गिरावट भएको छ । सोमबार नेप्से ३.४२ अंकले घटेर १८४७.८१ बिन्दुमा पुगेको छ ।



कूल कम्पनीमध्ये सोमबार १२२ कम्पनीको शेयर मूल्य बढेको छ । जसमार्फत एक अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ । १०९ कम्पनीको शेयर मूल्य घट्दा ८ कम्पनीको मूल्यमा स्थिर भएको छ ।

सोमबार बैंकिङमा ७, होटल तथा पर्यटनमा ९, जलविद्युतमा २, उत्पादनमा १७, माइक्रोफाइनान्समा १ अंक घटेको छ ।

कारोबारका आधारमा सोनापुर सिमेण्ट, हिमालयन डिस्टिलरी, सिटिजन लाइफ र सानिमा जनरल इन्स्योरेन्स अगाडि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट