आजको राशिफल : कस्तो छ तपाईंको दिन ?-Sutra News

आजको राशिफल : कस्तो छ तपाईंको दिन ?

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

आज मिति २०८० साल मंसिर १९ गते मंगलबार । तदनुसार डिसेम्बर ५ तारिख २०२३ । आज कृष्ण पक्ष अष्टमी तिथि । आज बिहान ६ बजेर ३९ मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ ।



मेष

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउने छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिने छन्।

वृष

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनु होला।

मिथुन

प्रतीक्षित नतिजाले उत्साह जगाउने छ। आम्दानीका नयाँ स्रोत फेला पर्ने छन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात पर्ने छ।

कर्कट

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्ने छ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ।

सिंह

मिहिनेत गर्दा लक्ष्यमा पुगिने छ। रोकिएका काम सम्पादन हुने छन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउने छ।

कन्या

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। शुभचिन्तकहरू टाढिनेछन् भने काम बिग्रने भयले सताउने छ। न्यून उपलब्धिमै चित्त बुझाउनु पर्ला।

तुला

घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहने छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिने छ।

वृश्चिक

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिने छ।

धनु

काममा केही विलम्ब भए पनि सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउने छ।

मकर

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साथीभाइसँग असमझदारी बढ्नेछ भने शुभचिन्तकहरू समेत टाढिन सक्छन्।

कुम्भ

काम दोहोर्याउनु परे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिने छ।

मीन

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट