मांशाहारीकाे तुलनामा शाकाहारीलाई दीर्घ राेगकाे जोखिम निकै कम !-Sutra News

मांशाहारीकाे तुलनामा शाकाहारीलाई दीर्घ राेगकाे जोखिम निकै कम !

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

मांशाहारी व्यक्तिलाई भन्दा शाकाहारीलाई हृदय रोग, मधुमेहलगायतका दीर्घ राेगकाे जाेखिम कम भएकाे तथ्य भेटिएकाे छ । बीएमसी मेडिसिन जर्नलमा प्रकाशित एक अध्ययनले यस्ताे तथ्य भेटाएकाे हाे ।



पाँच सय जना विभिन्न व्यक्तिहरूमा गरिएकाे अध्ययनअनुसार हृदय रोग, मधुमेहलगायतका दीर्घ राेग लाग्ने ९० प्रतिशतभन्दा बढी व्यक्ति मांशाहारी थिए । मांशाहारी व्यक्तिलाई अन्य प्रकृतिका राेगहरू पनि शाकाहारीकाे तुलनामा धेरै देखिएकाे जर्नलमा उल्लेख छ ।

अध्ययनले शाहाकारी खानाले स्वास्थ्यमा धेरै फाइदा हुने निष्कर्ष निकालेकाे छ ।

अध्ययनअनुसार दिनमा एउटा अण्डाभन्दा एउटा बदामले शरीरलाई निकै फाइदा गर्छ । मासुकाे सट्टा भटमास प्रयाेग गर्ने व्यक्तिमा कम स्वास्थ्य समस्या देखियाे ।

माछा तथा मासुभन्दा हरियाे र ताजा फलफूल खाने व्यक्ति निराेगी मात्रै नभइ मानसिकरूपमा पनि निकै सन्तुलित रहने गरेकाे निष्कर्ष अध्ययनकाे छ । साथै, मद्दपान र धुम्रपान गर्ने प्रवृत्ति पनि मांशाहारीमै रहेकाे निष्कर्ष अध्ययनकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट