काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेल खरिद बिक्रीका विषयमा सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।
अर्थमन्त्री महतले चितवन पत्रकारहरूसँग कुरा गर्दै एनसेल खरिद बिक्रीबारे जानकारी लिने काम भइरहेको बताए ।
‘हामी सूचना लिइरहेका छौँ, यसको नियमन गर्ने निकाय टेलिकम हो,’ एनसेल खरिद बिक्रीबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘ठूलो किनबेच गर्दा अनुमति लिनु पर्ने व्यवस्था छ ।’
एनसेल बिक्रीबारे आधिकारिक जानकारी सरकारलाई नभएको बताउँदै अर्थमन्त्री महतले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्ने बताए ।