बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?-Sutra News

बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । सन्तान हुर्काउनु आमाबाबुको ठूलो जिम्मेवारी हो । अझै बच्चालाई रोग लागेमा अभिभावकको जिम्मेवारी थप बढ्छ ।



अझ अटिजम स्पेक्ट्रम डिसअर्डर भएका बालबालिकाको हेरचाह गर्ने अभिभावकका लागि थप चुनौतीपूर्ण हुन्छ । अटिजम एक मस्तिष्क रोग हो । जुन प्रायः बालबालिकामा हुन्छ ।

यदि, बच्चा सामान्य बालबालिकाको तुलनामा मौन रहन्छ वा कुनै पनि प्रतिक्रिया ढिला दिन्छ भने अटिजमका हुन सक्छन् ।

अटिजम भएका बालबालिका वा व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजमा घुललि हुन कठिन हुन्छ । अटिजम भएका व्यक्तिको मस्तिष्कले सामान्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ ।

परिवारमा कसैलाई अटिजम भए त्यो परिवारको बच्चालाई अटिजम हुने सम्भावना अधिक हुन्छ । गर्भावस्थामा आमालाई उच्च रक्तचाप, थाइराइड जस्ता समस्या भए पनि अटिजम हुन सक्छ ।

यदि, ढिलो विवाह गरेका दाम्पत्तिको बच्चालाई पनि अटिजम हुने जोखिम हुन्छ । गर्भावस्थामा आमाले चुरोट, रक्सी खाए भने उनीबाट जन्मिने बच्चालाई अटिजम हुन सक्छ ।

अटिजम बालबालिकाको बानी व्यवहार र लक्षणहरू याद गरेर मात्र पत्ता लागाउन सकिन्छ ।

एकपटक अटिजमको रोग लागेपछि जीवनभर रहन्छ । तर, सही उपचार दिइयो भने केही नियन्त्रण गर्न सकिन्छ । यस्ता व्यक्तिहरूले धेरै हदसम्म सामान्य जीवन बिताउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट