काठमाडौं । नेपाली बजार सुनको मूल्यमा भारी गिरवाट आएको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएकोमा मंगलबार दुई हजार ४०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ५०० रुपैयाँ कामय भएको छ । सोमबार चाँदी एक हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामै ४५ रुपैयाँले घटेको हो ।