बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ घाइते-Sutra News

बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३५ घाइते

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । थाइल्याण्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।



दक्षिण थाइल्याण्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । यस्तै, ३५ जना घाइते भएका छन् ।

उक्त बस राजधानी बैंककबाट सोङखला प्रान्तको नथवी जिल्लातर्फ जाँदै थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट