एनसेल प्रकरण : सार्वजनिक लेखा समितिले थाल्दै छानबिन-Sutra News

एनसेल प्रकरण : सार्वजनिक लेखा समितिले थाल्दै छानबिन

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडाैं । एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। समितिले बुधबार दिउँसाे बैठक बाेलाएकाे समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् ।



उनका अनुसार बैठकमा दुरसञ्चार सेवा प्रदायक संस्था (एनसेल)को सेयर खरिद-बिक्री सम्बन्धमा छलफल हुनेछ ।

शेयर खरिद-बिक्री प्रकरण विवादमा तानिएपछि समितिले आइतबार सम्बन्धित सरकारी निकायहरूलाई विभिन्न सवाल उठाउँदै पत्राचार गरेकाे थियाे । समितिले विभिन्न ९ प्रश्न ती निकायहरूलाई साेधेकाे थियाे ।

बैठकमा ती निकायहरूले दिएकाे जवाफबारे छलफल हुने उनले जानकारी दिइन् ।

मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै (८० प्रतिशत शेयर) बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको थियाे । सात वर्षअघि सन् २०१६ मा एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको शेयर यति थोरै रकममा बिक्री गरिएपछि उक्त खरिद-ब्रिकिमाथि प्रश्न उठेकाे थियाे ।

शेयर भ्यालुएसन अस्वभाविक बनाएसँगै नेपाल बाहिर काराेबार गरिएकाे नियामकीय निकायलाई जानकारी नगराएको जस्ता विषयले प्रश्न उठाएकाे छ ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

एनसेल शेयर खरिद–बिक्री प्रकरण : तीन बैंकको ४० अर्ब जोखिममा !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट