बेलायत अध्यागमनमा कडाइः अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजान कठिन-Sutra News

बेलायत अध्यागमनमा कडाइः अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार लैजान कठिन

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् ।



प्रधानमन्त्री सुनकको नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’को रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।

नयाँ उपायहरूको शृङ्खलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् । तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइने छ ।

साथै, यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनु पर्ने बाध्यता सृजना हुने छ । प्रधानमन्त्री सुनकले भने, ‘अध्यागमन धेरै उच्च छ, आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौँ, यी कदमहरूले बेलायतलाई फाइदा पुर्‍याउने कुराको सुनिश्चित गर्ने छ ।’

यस प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउने छ ।
बेलायतमा कूल माइग्रेसन गत वर्ष उच्च स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यसले बेलायत सरकारलाई दबाब थपेपछि यस मुद्दालाई राजनीतिक विषय बनाइएको सीएनएनले उल्लेख गरेको छ । बेलायतमा सन् २०२२ मा ६ लाख मानिसको बसाइँसराइँ भएको राष्ट्रिय तथ्याङ्कको कार्यालय (ओएनएस)ले जनाएको छ ।

यसैगरी गत वर्ष बेलायतको अध्यागमन तथ्याङ्कका अनुसार सबैभन्दा धेरै भारतीय नागरिकहरू बेलायतमा अध्ययन, कामको खोजी र पर्यटन भिसा बोकेर प्रवेश गरेका थिए ।

जुन २०२२ को अन्त्यमा दुई लाख ५८ हजारभन्दा बढी भारतीय नागरिकहरूले भ्रमण भिसा प्राप्त गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ६३ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट