भारतमा करणी सेनाका अध्यक्षको गोली हानी हत्या, आरोपीको खोजी तीव्र-Sutra News

भारतमा करणी सेनाका अध्यक्षको गोली हानी हत्या, आरोपीको खोजी तीव्र

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । भारतमा श्री राष्ट्रिय राजपूत करणी सेनाका राष्ट्रिय अध्यक्ष सुखदेव सिंह गोगामेडीको जयपुरमा गोली हानी हत्या भएको छ । मंगलबार दिउँसो गोगामेडीमाथि गोली प्रहार भएको हो ।



गोगामेडीलाई मेट्रो मास अस्पताल पुर्‍याइएको थियो । अस्पताल लगेसँगै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाका क्रममा गोगामेडीसँग उपस्थित अजित सिंह गम्भीर घाइते भएका छन् ।

यसैबीच गोली हानाहान र हत्याको यो घटनापछि प्रहरी अधिकारीहरूले आरोपीको खोजी सुरु गरेका छन् । गोलीबारी भएको स्थानमा खोजी अभियान सुरु गरिएको हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट