दोहोरो अंकले घट्यो शेयर बजार-Sutra News

दोहोरो अंकले घट्यो शेयर बजार

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले गिरावट भएको छ । आज नेप्से १० अंक घटेर १८३७ विन्दुमा कायम भएको छ ।



मंगलबार कूल ६२ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । यस्तै, १४ कम्पनीको स्थिर रह्यो । आज कारोबार रकम एक अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

जीवन बीमा समूहको करिब १७ अंक बढ्यो भने उत्पादन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो ।

आज सिंगटी हाइड्रोपावर, माहुली लघुवित्त, ग्लोबल आईएमई लघुवित्तको मूल्य बढ्यो । त्यस्तै विशालबजार कम्पनी, माउन्टेन इनर्जी, उन्नति सहकार्य लघुवित्तको मूल्य घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट