एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने-Sutra News

एकीकृत समाजवादीको महाधिवेशन जेठमा हुने

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पहिलो महाधिवेशनमा आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने तय गरेको छ ।



पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

महाधिवेशनअघि माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ । यो सम्मेलनको व्यवस्थापनका लागि गंगालाल तुलाधारको संयोजकत्वमा समिति गठन भएको छ ।

बैठकले विधान संसोधनका लागि संगठन विभाग प्रमुख डा. वेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्ने मिति तय गरेको हो । यसअघि तोकिएको मिति सर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट