गभर्नरको आम्दानी २४ प्रतिशतले बढ्यो, भत्तामात्रै ४१ लाख रुपैयाँ लिए-Sutra News

गभर्नरको आम्दानी २४ प्रतिशतले बढ्यो, भत्तामात्रै ४१ लाख रुपैयाँ लिए

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आम्दानी २४ प्रतिशतले बढेको छ ।



राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदअनुसार गभर्नर अधिकारीले वर्षभरि ६० लाख ९१ हजार ३३५ रुपैयाँ तलब र भत्ता बुझेका छन् । गत वर्ष उनले ४९ लाख पाँच हजार २५५ रुपैयाँ बुझेका थिए ।

गत वर्ष १४ लाख १८ हजार चार सय रुपैयाँ तलब लिएका उनले यो वर्ष १६ लाख ३२ हजार रुपैयाँ लिएका छन् ।

यस्तै, गत वर्ष उनले सञ्चालक समिति भत्तामा तीन लाख पाँच हजार रुपैयाँ बुझेका थिए । यो वर्ष चार लाख १४ हजार बुझेका छन् ।

गत वर्ष ३१ लाख ८१ हजार ८५५ रुपैयाँ विशेष भत्ता लिएका अधिकारीले यो वर्ष ४० लाख ९१ हजार ३३५ रुपैयाँ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट