सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु-Sutra News

सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तर पश्चिमी कादुना राज्यको एउटा गाउँमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपत कालीन एजेन्सीले जनाएको छ ।



उत्तर पश्चिम क्षेत्रीय कार्यालयले स्थानीय अधिकारीबाट प्राप्त गरेको विवरणअनुसार अहिलेसम्म ८५ वटा शव प्राप्त भएको छ । अन्य हराइरहेका मानिसको खोजी जारी रहेको राष्ट्रिय आपत कालीन व्यवस्थापन एजेन्सीले आफ्नो फेसबुक पेजमा मङ्गलबार उल्लेख गरेको छ ।

यता सेनाले भने असाबधानीले ड्रोन दुर्घटना हुँदा मुस्लिम पर्व मनाउँदै गरेका मानिस पीडित भएको बताएको छ । यद्यपि, सेनाले कुनै हताहतीको तथ्याङ्क दिएको छैन । तर त्यहाँका बासिन्दाले ८५ जना मारिएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट