‘एनसेल बिक्री नेता, कर्मचारी र व्यापारीको मिलेमतो नभई सम्भव हुँदैन’-Sutra News

‘एनसेल बिक्री नेता, कर्मचारी र व्यापारीको मिलेमतो नभई सम्भव हुँदैन’

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भएको दाबी गरेका छन् ।



ओखलढुंगा जिल्लाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसले एनसेल घटनालाई गम्भीर रुपमा लिएको बताएका थिए ।

‘पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनु पर्ने एनसेल बेचिँदैछ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ, यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन’, उनले भने ।

यस्तै, नेता कोइरालाले नेताहरूलाई एनसेल बिक्री किन भयो भनेर प्रश्न गरेको बताए । उनले भने, ‘हामीले नेताहरूलाई प्रश्न गरेका छौँ कि, एनसेल बिक्री प्रकरण किन भयो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट