यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय टिमलाई बिदाई-Sutra News

यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय टिमलाई बिदाई

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट खेल्न जाने राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाई गरिएको छ ।



नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्री लिम्बुले टिम कप्तान देव खनाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए ।

बिदाई कार्यक्रमपछि अलराउण्डर गुलशन झाले एसिया कपमा टेष्ट टोलीलाई हराउने ठूलो अवसर रहेको र आफू उत्साहित रहेको बताए । उनले नेपालको समग्र क्रिकेटले राम्रो प्रदर्शन गरिरहेको अवस्थामा आफूहरूको लक्ष्य जितमा हुने धारणा राखे ।

त्यस्तै, कप्तान देव खनालले तयारी राम्रो रहेको उल्लेख गर्दै सक्दो नतिजाका लागि कोसिस गर्ने बताए । उनले सम्पूर्ण टिम खेलका लागि उत्साहित रहेको र राम्रो नजिता आउने विश्वास व्यक्त गरे । मुख्य प्रशिक्षक जगत टमाटाले प्रतियोगीताका लागि टिमले राम्रो तयारी गरेको बताए ।

आगामी शुक्रबारदेखि पुस १ गतेसम्म यूएईमा चल्ने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् । नेपालले मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट