आजको राशिफल : तपाईको दिन कस्तो ?-Sutra News

आजको राशिफल : तपाईको दिन कस्तो ?

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

आज मिति २०८० साल मंसिर २० गते बुधबार । तदनुसार डिसेम्बर महिनाको ६ तारिख २०२३ मार्ग कृष्ण पक्ष नवमी तिथि । आज बिहान ६ बजेर ४० मिनेट जाँदा काठमाडौं उपत्यकामा झुल्किएको घाम साँझ ५ बजेर ८ मिनेटमा अस्ताउने छ ।



मेष

नयाँ मार्गतर्फ अग्रसर भइनेछ। अधुरो काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।

वृष

अरूको समस्या सुल्झाउने प्रयास गर्दा आफैंलाई समस्या पर्न सक्छ। नियमित काम सम्पादन हुनेछन्। तर परिणाम अध्ययन नगरी लिइएको निर्णयले समस्या पर्न सक्छ।

मिथुन

आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि अरूको विचारमा सहमत बन्न नसक्दा काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्यबाधा हुनेछ।

कर्कट

बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। र, रकम उठाउन हतार गर्दा लाभांशमा घाटा लाग्न सक्छ।

सिंह

मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।

कन्या

काममा सुधार आउनाले फाइदा हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।

तुला

शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा सजिलै कार्यसिद्धि हुनेछ।

वृश्चिक

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। नियमित काम सम्पादन हुनेछन्।

धनु

व्यापार बढ्नेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ। आफन्तको उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ।

मकर

आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि राम्रो लाभ उठाउन सकिनेछ।

कुम्भ

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

मीन

बेसुरमा काम गर्दा दुस्ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट