निमोनियाबाट बच्चालाई कसरी जोगाउने ?-Sutra News

निमोनियाबाट बच्चालाई कसरी जोगाउने ?

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । पाँच वर्षमुनिका बच्चाको मृत्यु हुनुको प्रमुख कारणमध्ये निमोनिया एक हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा प्रत्येक ४५ सेकण्डमा एक बच्चाको निमोनियाबाट मृत्यु हुने गरेको छ ।



निमोनिया बालबालिकाका लागि घातक हो । तर, निमोनिया हुन नदिने वा समयमै पहिचान गरी बचाउन सकिन्छ । यसका लागि जाडो मौसममा ख्याल गर्नु पर्दछ ।

कसरी हुन्छ निमोनिया ?

कुनै कारणवश फोक्सोमा हुने संक्रमण नै निमोनिया हो । यो रोगबाट जुनसुकै उमेरका मानिसहरू प्रभावित हुन सक्छद । तर, विशेषगरी शिशु यो रोगको बढी जोखिम हुन्छ ।

बालबालिकाहरूले बान्ता गर्दा निल्नु वा कुनै प्रकारको कणहरू फोक्सोमा पुग्दा निमोनिया हुने जोखिम हुन सक्छ ।

त्यस्तै, चिसो मौसममा देखा पर्ने भाइरल इन्फ्लुएन्जा, ब्याक्टेरियाको संक्रमण र रुघाखोकीको समयमा उपचार नहुँदा पनि निमोनिया हुन सक्छ ।

निमोनिया हुँदा उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, छिटो–छिटो सास फेर्ने, खोकी लाग्ने जस्ता लक्षण हुन्छ ।

यदि, निमोनिया भएका बालबालिकाहरूलाई अत्यधिक ज्वरो, सास फेर्न कठिन भए तुरुन्त अस्पताल लैजानु पर्छ ।

कसरी थाहा पाउने निमोनिया ?

दुई महिनाभन्दा कम उमेरका शिशुको सास फेर्ने क्रम ६० भन्दा माथि भएमा, दुई महिनापछिको उमेरदेखि एक वर्षसम्मको बच्चामा ५० भन्दा बढी भएमा, दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा ४० भन्दा बढी र पाँच वर्षसम्मका बालबालिकाको ३० भन्दा बढी भए निमोनिया भएको हुन सक्छ ।

निमोनियाबाट जोगाउन बालबालिकालाई निमोनियाविरुद्धको खोप अनिवार्य रुपमा दिनु पर्छ । जाडो मौसममा उनीहरूलाई चिसो र भाइरल संक्रमणबाट जोगाउनु पर्छ ।

यस्तै, बालबालिकाहरूलाई धुवाँधुलो तथा प्रदूषण र भीडभाड क्षेत्रमा नलानु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट