यी ५ सूत्र, जसले तपाइँलाई बनाइरहने जवान-Sutra News

यी ५ सूत्र, जसले तपाइँलाई बनाइरहने जवान

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

हाम्रो खानपान र जीवनशैली यति खराब भइसकेको छ कि मानिस ४० वर्षभित्रै बूढो देखिन थाल्छ । यस्तो अवस्थामा यदि मानिस आफ्नो पुरानो उमेरसम्म बाँच्न चाहन्छ र आफ्नो युवावस्था कायम राख्न चाहन्छ भने उसले केही नियम पालना गर्नैपर्छ ।



अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका शोधकर्ताहरूले ८ वर्षसम्म ६२०० व्यक्तिको दीर्घायुसँग सम्बन्धित जीनको अध्ययन गरेका थिए। यस अध्ययनको नतिजाको रूपमा, अनुसन्धानकर्ताहरूले जीवनमा केही खराब बानीहरू त्याग्न र राम्रो सूत्रहरू अपनाउन सल्लाह दिए। अनुसन्धानकर्ताले दिएकाे सुझाबबारे यहाँ चर्चा गरिएकाे छ…

१. चुरोट र रक्सीबाट टाढा – जोन हप्किन्स युनिभर्सिटीका अनुसार सिगरेट र रक्सीको सेवन नगर्ने मानिस लामो समय बाँच्ने कुरा अध्ययनबाट प्रमाणित भएको छ । यी दुवै खराब बानीले उमेरमा प्रत्यक्ष असर पार्छ। त्यसैले जीवनमा चुरोट, मदिरा वा तंबाकूसँग सम्बन्धित कुनै पनि कुराको सेवन नगर्नु पहिलो सूत्र हो।

२. तौल नियन्त्रण अनिवार्य – तौल धेरै रोगहरूको जड हो। अध्ययनले सामान्य तौल भएका मानिसहरूलाई रोगको जोखिम कम हुने देखाएको छ। २५ भन्दा कम बीएमआई भएका मानिसहरु मोटो मानिसहरु भन्दा लामो बाँच्छन् ।

३. हरेक दिन 30 मिनेट व्यायाम – अध्ययनअनुसार हरेक दिन कम्तिमा 30 मिनेट व्यायाम गर्ने मानिसहरूलाई दीर्घकालीन रोगहरूको जोखिम कम हुन्छ। दीर्घकालीन रोगहरूले अकाल मृत्युको जोखिम बढाउँछ। तर, व्यायामको लागि एकै समयमा नभई दिनमा तीन पटक समय दिनुहोस्। यसका लागि हरेक बिहान १० मिनेट हिँड्ने, दिउँसो र रातमा कम्तिमा १० मिनेट पैदल हिँड्नुहोस्। कुल ३० मिनेटको शारीरिक गतिविधिले तपाईलाई सधैं स्वस्थ राख्छ।

४. स्वस्थ खाना- स्वस्थ आहार स्वस्थ जीवनको अनिवार्य शर्त हो। दैनिक आहारमा हरियो सागसब्जी, ताजा फलफूललगायत समावेश गर्नुहाेस् । कम तेल र मसलामा कम आगोमा पकाएको प्राकृतिक चीजहरू सधैं लाभदायक हुन्छन् । प्रकृतिले हामीलाई जति फलफूल र तरकारी दिन्छ, त्यो मौसममा मात्र खानुपर्छ ।

५. अधिक चिनी र नुनबाट टाढा रहनुहोस् – अत्याधिक चिनी र नुन दुबै स्वास्थ्यका शत्रु हुन्। यससँगै प्याकेज गरिएको र प्रशोधित खानामा पाइने स्याचुरेटेड फ्याट, ट्रान्स फ्याटको सेवनले आयु पनि घटाउँछ। सकेसम्म माशांहारी खाना खानु उचित हाेइन । अध्ययनले माशांहारीमा भन्दा शाकाहारी मानिस स्वस्थ रहने देखाएकाे छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट