नेपाल वेयर हाउजिङकाे आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा-Sutra News

नेपाल वेयर हाउजिङकाे आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।



कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन परेको थियो।

जसमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट