काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दै छ । रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले बुधबार पार्टीको सचिवालयको बैठक बस्ने बताएकी हुन् ।
उनका अनुसार थपिएका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्ने कार्यक्रम छ । ‘साँझ ५ बजे सचिवालयको बैठक र त्योभन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ,’ सहप्रवक्ता रावलले भनिन् ।
महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीका केन्द्रीय सदस्य थपिएको थियो । बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम रहेको बताइएको छ ।