काठमाडौं । एनसेलको मातृ कम्पनी आजियाटाले शेयर खरिद बिक्रीमा नेपालको कानून पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउँदै पत्र पठाएको छ ।
एनसेल आजियाटाले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुधवार जवाफी पत्र पठाउँदै कानूनको पूर्ण पालना गर्ने जनाएको हो ।
गत मंसिर १५ गते पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको समाचार आएको थियो । यसलगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयर धनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था स्मरण गराएको थियो ।