सेवालाई परिणाममुखी बनाउन पद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री प्रचण्ड-Sutra News

सेवालाई परिणाममुखी बनाउन पद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री प्रचण्ड

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्य पद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको बताए ।

‘साना साना काममा सुधार गरेर ठूला लक्ष्यलाई सहयोग पुग्ने गरी काम गर्न जरुरी छ, हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्नेमा सुधार गर्नु जरुरी छ, जनताले यो वाद र त्यो वादभन्दा पनि सेवा प्रवाहमा सुधारको अपेक्षा राख्छन्, जनताले प्रत्यक्ष रुपमा सेवा प्रवाहको अनुभूत गरेन भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रप्रति पनि भरोसा कमजोर हुँदै जान्छ,’ उनले भने ।

उनले तत्काल सेवा प्रवाह गर्ने कुरालाई केन्द्रित गरेर जनतालाई सेवा दिन सकिने गरी विद्यमान प्रणालीमा सुधारका लागि लाग्न पनि कर्मचारी संयन्त्रलाई आह्वान गरे ।

प्रधानमन्त्री दाहालले अरू देशका भन्दा हाम्रा कर्माचारी सक्षम छन् भन्ने लागेको भए पनि परिणाम निकाल्न भने नसकिरहेको अवस्था विद्यमान रहेको स्पष्ट पारे ।

मुलुकको कर्मचारीतन्त्रप्रति जनताको भरोसा रहेकाले नै सानासाना कुरामा परिवर्तनको महसुस गरेर सेवा प्रवाहबाट नागरिकले सन्तुष्टि लिनसक्नु पर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट