नेप्सेमा देखियो सुधार, कारोबार रकममा गिरावट-Sutra News

नेप्सेमा देखियो सुधार, कारोबार रकममा गिरावट

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । लगातार घटेको शेयर बजार बुधबार सुधार हुने संकेत देखिएको छ । बुधबार नेप्से ३.३ अंकले बढेको हो ।



योसँगै बजार १८४१ अंकमा कायम भएको छ । नेप्सेमा सुधार भए पनि कारोबार रकम घटेको छ । आज जम्मा एक अर्ब १४ करोड कारोबार भएको हो । कूल १२१ कम्पनीको मूल्य बढ्दा १०६ को घट्यो । १३ को स्थिर बसेको छ ।

आज ग्लोबल आईएमई लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा विजय लघुवित्तको ८ प्रतिशत बढ्यो । यस्तै सिंगटी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घटेको छ ।

कारोबारका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र सिटिजन लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट