कोका–कोला बेभरेजेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक-Sutra News

कोका–कोला बेभरेजेज नेपालको ‘कोक बडी’ एप सार्वजनिक

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ “कोक बडी” एप लन्च गरेको छ ।



रिटेलरहरूलाई समयमै डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्देश्यले यो एप लन्च गरिएको हो ।

नेपालभर २५६ वितरकहरूलाई जोड्दै यो एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डारेक्टर दीपक नाथ सेन्थिलले भने, “हाम्रो नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको छ । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुने छन् भन्ने आशा लिएका छौँ ।’

यसमार्फत जहाँबाट जुनसुकै समयमा पनि कोक अर्डर गर्न सकिन्छ । त्यस्तै यस एपमा रियल–टाईम अर्डर म्यानेजमेन्ट, इन्भेन्टरी ट्रयाकिङ गर्नुको साथै प्रमोशन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट