काठमाडौं । हालै सम्पन्न श्रमज्योति बचत तथा ऋण सहकारी संस्था लि., बागबजार, काठमाडौंको तेइसौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको अध्यक्ष तिर्थ राज न्यौपानेद्वारा प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।
बुद्धनगर, काठमाडौंमा सम्पन्न सो साधारण सभाले लेखा परिक्षण प्रतिवेदन, आ.व. २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम पारित गर्दै आ.व. २०८०/०८१ को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ । आ.व. २०८०/०८१ को मुनाफाबाट प्राप्त रकम बमोजिमको बोनस वितरण लगायत विषयहरु साधारण सभामा पारित भएको छ ।
चालु आ.व. मा संस्थाको शेयर पूँजी ९ करोड ८५ लाख ६७ हजार ७ सय रुपैयाँ भएको सो सहकारीको जगेडाकोष १४ करोड १३ लाख ३१ हजार ३ सय १५ रुपैयाँ १४ पैसाको भएको छ ।
निक्षेप दायित्व ९४ करोड ३६ लाख २७ हजार ४ सय २२ रुपैयाँ १४ पैसा भएको सो सहकारीको विविध कारोवार गरि चालु आ.व.मा १ अर्व २२ करोड २ लाख ६७ हजार ४ सय ८३ रुपैयाँ ५६ पैसाको कूल कारोवार भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा अन्य विविध कार्यक्रम गरि संस्थाका अध्यक्ष तिर्थ राज न्यौपानेको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।