काठमाडौं । उत्तरगंगा बहुउद्देश्यीय सहकारी संस्था लि., नखिपोट, ललितपुरको चौधौं वार्षिक साधारण सभाले संचालक समितिका अध्यक्ष ई. खेम बहादुर थापाद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
हालै मानभवन, ललितपुरमा सम्पन्न सो साधारण सभाले आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, आ.व. २०८०/०८१ को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध समेत पारित गरेको छ । त्यसैगरि मुनाफाको आधारमा लाभांश वितरण गर्ने निर्णय गर्दै आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम समेत साधारण सभाले पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार चालु आ.व.मा संस्थाको शेयर पूँजी ११ करोड ६६ लाख २७ हजार ८ सय रुपैयाँको भएको छ भने जगेडाकोष ५ करोड ८५ लाख ८ हजार ६ सय ९ रुपैयाँ ६ पैसाको भएको छ ।
निक्षेप दायित्व ५७ करोड २७ लाख ४२ हजार ५ सय ३८ रुपैयाँ ७८ पैसाको भएको सो सहकारीको अन्य विविध कारोबार हुँदै चालु आ.व.मा कुल कारोबार ७५ करोड ६६ लाख ८७ हजार ३ सय १६ रुपैयाँ ३५ पैसाको हुन आएको छ । अन्य विविध कार्यक्रम गर्दै संस्थाका अध्यक्ष थापाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।