काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच अर्थतन्त्रका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सँगै एनसेल विवादका बारेमा छलफल भएको बुझिएको छ । पछिल्लो समय एनसेल शेयर खरिद–बिक्रीको विषयले सरकारसमेत विवादमा परेको छ ।