काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधार गर्न केही नयाँ घोषणा गर्ने तयारी गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रचण्डले तथ्यांकका आधारमा अर्थतन्त्र सुधारको अनुभूति भए पनि जनतामा आशाको सञ्चार हुन नसकेको बताएका थिए ।
उनले भने, ‘अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु ।’
बुधबार भएको एक कार्यक्रममा शासकीय सुधारका विषयमा बृहत छलफल गरेको बताएका उनले अर्थतन्त्रमा केही नयाँ गर्न सकिए त्यसको प्रभाव पर्ने बताए ।